फ्रान्सले किन रोक्यो भारतीय बोकेको चार्टड विमान ?
काठमाडौँ । मानव तस्करीको आशङ्कामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ । फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो ।
विमानबाट मानव तस्करी भएको आशङ्का गरिएको छ । तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।
पेरिस सरकारी वकिलको कार्यालयले सङ्गठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ ।
उनीहरुले सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको छ । साथै, विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ । यस सम्बन्धमा कुनै अज्ञात व्यक्तिले जानकारी दिएको बताइएको छ । यो विमान ए–३४०रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो ।
दुबई (युनाइटेड अरब इमिरेट्स)बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ)का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एयरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एयरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण