रेबेकाले रचिन् नयाँ इतिहास
लण्डन । प्रिमियर लिगको खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री बन्दै रेबेका वेल्चले शनिबार नयाँ इतिहास रच्न सफल भएकी छन् । ४० वर्षीया रेबेकाले क्राभेन कटेजमा बर्नली र फुलह्यामविरुद्धको खेलमा रेफ्री गरेकी हुन् ।
उनले सन् २०१० मा एनएचएसको कामसँगै रेफ्री बनेकी थिइन् । सन् २०१९ मा उनी पूर्णरुपमा रेफ्री बनिन् । गत जनवरीमा उनी च्याम्पियनसिपमा पुरुष खेलमा रेफ्री गर्ने पहिलो महिला बनेकी थिइन् । त्यसपछि उनी क्राभेन कटेजमा फुलह्याम र म्यानचेस्टर युनाइटेडबिचको खेलमा चौथो अफिसियल बनेकी थिइन् ।
शनिबारको खेलपछि बर्नलीका म्यानेजर भिन्सेन्ट कोम्पानीले रेबेकालाई उनको उपलब्धिका लागि बधाई दिए । अन्तर्राष्ट्रिय स्तरमा पनि रेबेकालाई सम्मानित गरिएको छ । उनी सन् २०२० को डिसेम्बरमा फिफाको शीर्ष रेफ्रीको सूचीमा समावेश भएकी थिइन् । गत महिला विश्वकपमा उनले खेलहरू सञ्चालन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण