मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रेबेकाले रचिन् नयाँ इतिहास

आइतबार, ०८ पुस २०८०, ०९ : ५०
आइतबार, ०८ पुस २०८०

लण्डन । प्रिमियर लिगको खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री बन्दै रेबेका वेल्चले शनिबार नयाँ इतिहास रच्न सफल भएकी छन् । ४० वर्षीया रेबेकाले क्राभेन कटेजमा बर्नली र फुलह्यामविरुद्धको खेलमा रेफ्री गरेकी हुन् ।

उनले सन् २०१० मा एनएचएसको कामसँगै रेफ्री बनेकी थिइन् । सन् २०१९ मा उनी पूर्णरुपमा रेफ्री बनिन् । गत जनवरीमा उनी च्याम्पियनसिपमा पुरुष खेलमा रेफ्री गर्ने पहिलो महिला बनेकी थिइन् । त्यसपछि उनी क्राभेन कटेजमा फुलह्याम र म्यानचेस्टर युनाइटेडबिचको खेलमा चौथो अफिसियल बनेकी थिइन् ।

शनिबारको खेलपछि बर्नलीका म्यानेजर भिन्सेन्ट कोम्पानीले रेबेकालाई उनको उपलब्धिका लागि बधाई दिए । अन्तर्राष्ट्रिय स्तरमा पनि रेबेकालाई सम्मानित गरिएको छ । उनी सन् २०२० को डिसेम्बरमा फिफाको शीर्ष रेफ्रीको सूचीमा समावेश भएकी थिइन् । गत महिला विश्वकपमा उनले खेलहरू सञ्चालन गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप