पूर्वप्रदेश प्रमुखद्वारा ४२औँ पटक रक्तदान
रौतहट । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४२ औँ पटक रक्तदान गरेका छन्। काठमाडौँको कालीमाटीस्थित ब्लड बैंकको केन्द्रीय कार्यालयमा आइतबार ४२ औँ पटक रक्तदान गरेको अहिराजले बताएका हुन्।
रक्तदानले जीवनदान हुनुका साथै आफ्नो स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झन्डै २० वर्ष अघिदेखि रक्तदान सुरु गरेको उनको भनाई छ। मुलुकमा पहिलो मधेस आन्दोलन पूर्ण उचाइमा रहँदा २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच दैनिक जसो दोहरो झडप भइरहेको थियो। सो समय झडपमा घाइते हुने गरेका आन्दोलनकारीलाई रगतको आवश्यकता हुँदा रगतको अभाव भइरहेको थियो। सोही समय आन्दोलनकारी घाइतेलाई रक्तदान गरी सुरु गरिएको रक्तदानलाई हालसम्म निरन्तरता दिएको अहिराजले बताएका छन् ।
देश तथा समाजका अगुवाले रक्तदान गर्दा सर्वसाधारणलाई राम्रो सन्देश जाने र उनीहरुलाई पनि रक्तदान गर्न प्रेरित गर्ने उनको जिकिर छ। कम्तीमा ५० पटक रक्तदान गर्ने आफ्नो चाहना रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण