पोखरा महानगरको रनिङ शिल्ड सैनिकलाई
पोखरा । पोखरा महानगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड यस वर्ष सैनिक आवासीय माविले जितेको छ । २१ वटा पदक सहित सैनिकले रनिङ शिल्डमा कब्जा गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कांस्यसहित सैनिक च्याम्पियन बन्दा दोस्रो भएको कालिका माविले ५ स्वर्ण, ५ रजत र ७ कांस्यसहित १७ पदक पायो ।
यस्तै, ५ स्वर्ण, ३ रजत र १ कांस्यसहित ९ पदक जितेर सहिद स्मृति मावि तेस्रो बनेको भएको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । विजेताहरूलाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ लगायतले पुरस्कार प्रदान गरे । सबै विधामा विजेताहरूले छुट्टाछुट्टै पुरस्कार पाएका छन् ।
पोखराका १ सय १० विद्यालयका ३ हजार २ सय ५ विद्यार्थीले ६६, स्वर्ण, ६६ रजत र १०४ कांस्य पदकका लागि स्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण