आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

पोखरा महानगरको रनिङ शिल्ड सैनिकलाई

बुधबार, ११ पुस २०८०, ०९ : १८
बुधबार, ११ पुस २०८०

पोखरा । पोखरा महानगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड यस वर्ष सैनिक आवासीय माविले जितेको छ । २१ वटा पदक सहित सैनिकले रनिङ शिल्डमा कब्जा गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कांस्यसहित सैनिक च्याम्पियन बन्दा दोस्रो भएको कालिका माविले ५ स्वर्ण, ५ रजत र ७ कांस्यसहित १७ पदक पायो ।

यस्तै, ५ स्वर्ण, ३ रजत र १ कांस्यसहित ९ पदक जितेर सहिद स्मृति मावि तेस्रो बनेको भएको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । विजेताहरूलाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ लगायतले पुरस्कार प्रदान गरे । सबै विधामा विजेताहरूले छुट्टाछुट्टै पुरस्कार पाएका छन् ।

पोखराका १ सय १० विद्यालयका ३ हजार २ सय ५ विद्यार्थीले ६६, स्वर्ण, ६६ रजत र १०४ कांस्य पदकका लागि स्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप