रक्षा मन्त्री खड्काले शक्तिको भरमा आफ्नो क्षेत्रमा कार्यालय स्थापना गरेको कांग्रेसकै सांसदको आरोप
सुर्खेत । सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले शक्ति र पहुँचको भरमा सरकारी कार्यालयको नामै परिवर्तन गरी आफ्नो क्षेत्रमा कार्यालय स्थापना गरेको आरोप लागेको छ ।
उक्त आरोप लगाउने अरू कोही नभएर कांग्रेसकै सांसद हृदयराम थानी हुन् । थानी सुर्खेत क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दछन् भने खड्का क्षेत्र नम्बर १ बाट ।
सुर्खेतमा थानी संस्थापन इतरको प्रतिनिधित्व गर्दछन् भने खड्का संस्थापन पक्षको प्रतिनिधित्व गर्छन् । खड्का राष्ट्रिय स्तरको नेता भए पनि पूर्वी सुर्खेत आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएको आरोप लाग्ने गरेको छ ।
थानीले भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अन्तर्गत वीरेन्द्रनगरबाट सञ्चालन भइरहेको सिँचाई तथा नदी व्यवस्थापनको कार्यालयलाई शक्ति र पहुँचका भरमा नाम परिवर्तन खड्काको निर्वाचन क्षेत्र अन्तर्गत बोटेचौरमा स्थापना गरिएकोप्रति आपत्ति जनाएका छन् ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले नाम परिवर्तन गरी भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको बोटेचौरमा नै हुने गरी कार्यालय स्थापना गरिएको छ । राजधानी वीरेन्द्रनगर भए पनि खड्काले शक्ति र पहुँचको भरका कार्यालयहरू पूर्वी सुर्खेततर्फ सार्ने गरेको थानीको आरोप छ ।
थानीले भनेका छन्, ‘डोल्पा र सुर्खेतको घाटगाँउबिचको केन्द्र बोटेचौर हुनै सक्दैन, तसर्थ प्रदेशको राजधानी भएकोले औचित्यको आधारमा यो कार्यालय हुनुपर्ने उपयुक्त स्थान पनि वीरेन्द्रनगर नै हो ।’
बोटेचौरमा उक्त कार्यालयको उद्घाटन गत असोज ११ गते खड्काले आफैँ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशननकाे उद्घाटन रवि र बालेनले गर्ने
-
अन्ततः ठेक्का सम्झौता रद्द
-
तालिम प्राप्तकै भरमा डेन्टल क्लिनिक : दर्ता नभएका जनशक्तिबाटै बिरामीको परीक्षण
-
सांसदहरूले औँल्याए कमजोरी नै कमजोरी
-
कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?
-
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण