वकिलले ‘पितृसत्तात्मक अदालत’ भनेपछि न्यायाधीशले सम्झाए मर्यादा, वकिलले मागिन् माफी
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको कसुरमा दायर मुद्दामाथि सुनुवाइ भइरहेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भइरहेको सुनुवाइमा बुधबार जाहेरवालीको तर्फबाट अधिवक्ता शान्ति रिसालले बहस गर्ने क्रममा पितृसत्तात्मक अदालत भनेपछि न्यायाधीशले मर्यादा सम्झाउँदै अधिवक्तालाई शब्द फिर्ता लिन लगाएका छन् ।
गत आइतबारदेखि जारी सुनुवाइमा सुरुवातमा सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधबार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघसंस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरुले बहस गरेका छन् । बुधबार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति रिसाल काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी कार्यकारी निर्देशक अनिता न्यौपाने थपलियाले बहस गरेका थिए ।
बुधबार बहसका क्रममा अधिवक्ता शान्ति रिसाल काफ्लेले अदालत र इजलास पितृसत्तात्मक बनेको आरोप लगाएकी थिइन् । वादीका तर्फबाट बहस गर्ने अधिवक्ता शान्ति रिसालको शब्दप्रति प्रतिवादीका कानुन व्यवसायीले आपत्ति जनाएका थिए । सोही क्रममा न्यायाधीश शिशिरराज ढकालले पनि अदालत र इजलासको मर्यादाका सम्बन्धमा अधिवक्ताको ध्यानाकर्षण गराएका थिए ।
इजलासमा उपस्थित एक अधिवक्ताका अनुसार अधिवक्ता रिसालको आरोपलगत्तै न्यायाधीश ढकालले इजलास र अदालतको मर्यादा कायम गर्न भन्दै शब्द फिर्ता लिन निर्देशन दिएका थिए । त्यसलगत्तै अधिवक्ता रिसालले माफी माग्दै आफ्नो शब्द फिर्ता लिएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण