कर विवादमा एमालेले फण्डा गर्यो : मेयर पौडेल
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केही नेताले फण्डा गरेको आरोप गरेका छन् । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाए । एउटा सहमति गरेर एमालेले नाटक मंन्चन गरिरहेको उनको भनाइ छ ।
बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवस स्थगित भएसँगै मेयर पौडेलले एमाले निर्वाचित जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताए । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउने विषयलाई फण्डाको रुपमा मात्र बजारमा ल्याएको बताए ।
कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको उनको भनाइ छ । राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधबारको नगर सभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो । तर, पार्टीको ह्विपमा उनीहरूले नगर सभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।
कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ ।
‘हामी कर घटाउने पक्षमा छौ बारम्बार भन्दै आएका छौ । तर एमालेले भने अहिले सम्म दोहोर चरित्र मात्र देखाएको छ,’ पौडेलले भने, ‘इटहरीको विकास गर्न चुनिएको जनप्रतिनिधिहरुलाई एमालेले आफ्नो संगठन चलाउन खोजे जस्तो गरिरहेका छ । म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ । म इटहरी बनाउन आएको मानिस हुँ ।’
एमालेलाई इटहरीको विकास भन्दा पनि २०८४ को चुनाव केन्द्रित गतिविधि गरिरहेको उनको भनाइ छ । आफूले सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताए ।
धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेँ। नगर प्रमुख भएर धेरै कति बोलौँ? राम्रो काम गर्न नदिने एमालेले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको छ,’ उनले भने ।
इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् ।यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण