आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

बालकुमारीको सडकमा यसरी भयो मन्त्रीको गाडी ध्वस्त, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १३ पुस २०८०, १३ : २९
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी  शुक्रबार आन्दोलनकारीहरुले जलाइदिए । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् । 

पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका मन्त्रीलाई छाडेर फर्किँदै गरेको गाडीमा आगजनी भएको हो । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन ज्वाला पुगेका थिए ।  आफूलाई बैठकस्थलमा छोडेर गाडी सिंहदरबार फर्किनेक्रममा आगजनी भएको ज्वालाले रातोपाटीलाई बताए । 

‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले छोडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने ।

अग्नि नियन्त्रकहरु पुगेर आगो निभाउने प्रयास गरेपनि क्षणभरमै गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । उसो त आन्दोलनकारीले मन्त्रीको बा२झ ५८६१ नम्बरको गाडी जलाउँदा अर्को एक सार्वजनिक बसमा पनि ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट बा५ख ८७१७ नम्बरको बस क्षतिग्रस्त बनेको छ । अहिले पनि कोटेश्वर–कलंकी सडक अबरुद्ध छ । 

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

mantri gadi (1)mantri gadi (2)mantri gadi (3)mantri gadi (4)mantri gadi (5)mantri gadi (6)mantri gadi (7)mantri gadi (8)mantri gadi (9)mantri gadi (10)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप