बालकुमारीको सडकमा यसरी भयो मन्त्रीको गाडी ध्वस्त, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी शुक्रबार आन्दोलनकारीहरुले जलाइदिए । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका मन्त्रीलाई छाडेर फर्किँदै गरेको गाडीमा आगजनी भएको हो । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन ज्वाला पुगेका थिए । आफूलाई बैठकस्थलमा छोडेर गाडी सिंहदरबार फर्किनेक्रममा आगजनी भएको ज्वालाले रातोपाटीलाई बताए ।
‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले छोडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने ।
अग्नि नियन्त्रकहरु पुगेर आगो निभाउने प्रयास गरेपनि क्षणभरमै गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । उसो त आन्दोलनकारीले मन्त्रीको बा२झ ५८६१ नम्बरको गाडी जलाउँदा अर्को एक सार्वजनिक बसमा पनि ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट बा५ख ८७१७ नम्बरको बस क्षतिग्रस्त बनेको छ । अहिले पनि कोटेश्वर–कलंकी सडक अबरुद्ध छ ।
ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
_1KChVYBRuB.jpg)
_3UbfMFJj0q.jpg)
_ijNxoK2mlU.jpg)
_6vrNiPEk4j.jpg)
_3g86J3BOfA.jpg)
_XUqNnGzA2Z.jpg)
_Q4mG6av5wK.jpg)
_Z4q37nQsUq.jpg)
_659NuNgd8G.jpg)
_RgsYq2Zqt0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण