राजधानीबाट बहुमूल्य मुगाका मालासहितको सामान चोरीमा संलग्न पाँच जना पक्राउ
काठमाडौँ । राजधानीको बालकुमारीस्थित एउटा घरबाट २४ लाख रुपैयाँभन्दा बढीको सामान चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–३२, बालकुमारीस्थित देवी कृष्ण चौलागाईको डेरामा पुस ४ गते चोरी भएको थियो । कोही नभएको मौका छोपी कोठाको पछाडितर्फ रहेको भ-याङबाट भित्र प्रवेश गरी चोरहरुले बहुमूल्य मुगाका माला, दुई तोला सुनको सिक्री लगायत गरी २४ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न पाँच जनालाई काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पुस १२ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका–१ का १९ वर्षीय आकाश थोकर तामाङ, झापा जिल्लास्थित अर्जुनधारा गाउँपालिका–२ निवासी ५१ वर्षीय खेमप्रसाद न्यौपाने, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी ३७ वर्षीय राजकुमार थापा भन्ने लवन थापा छन् ।
यस्तै, नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–३ निवासी ४३ वर्षीय रामबहादुर तामाङ र उदयपुर जिल्लाको डुम्रे गाउँपालिका–१ निवासी ४० वर्षीय कपिल तामाङ पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट मुगाको माला २४ थान र मोबाइल ६ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण