आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजधानीबाट बहुमूल्य मुगाका मालासहितको सामान चोरीमा संलग्न पाँच जना पक्राउ

शुक्रबार, १३ पुस २०८०, १७ : २४
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । राजधानीको बालकुमारीस्थित एउटा घरबाट २४ लाख रुपैयाँभन्दा बढीको सामान चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–३२, बालकुमारीस्थित देवी कृष्ण चौलागाईको डेरामा पुस ४ गते चोरी भएको थियो । कोही नभएको मौका छोपी कोठाको पछाडितर्फ रहेको भ-याङबाट भित्र प्रवेश गरी चोरहरुले बहुमूल्य मुगाका माला, दुई तोला सुनको सिक्री लगायत गरी २४ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न पाँच जनालाई काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पुस १२ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका–१ का १९ वर्षीय आकाश थोकर तामाङ, झापा जिल्लास्थित अर्जुनधारा गाउँपालिका–२ निवासी ५१ वर्षीय खेमप्रसाद न्यौपाने, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी ३७ वर्षीय राजकुमार थापा भन्ने लवन थापा छन् ।

यस्तै, नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–३ निवासी ४३ वर्षीय रामबहादुर तामाङ र उदयपुर जिल्लाको डुम्रे गाउँपालिका–१ निवासी ४० वर्षीय कपिल तामाङ पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट मुगाको माला २४ थान र मोबाइल ६ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप