तनावपछि श्रम मन्त्रालयले भन्यो– कोरियासँग निर्णयमा पुग्नेगरी वार्ता भइरहेको छ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने गरी वार्ता भइरहेको जनाएको छ । एचआरडी कोरियासँग यो विषयमा निर्णयमा पुग्ने गरी छलफल तथा वार्ता भइरहेको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उठान गरेका मागका विषयमा छलफल भइरहेको जनाएको हो । ‘यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई माग बमोजिम उत्पादनमूलक क्षेत्र तर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ता एवम् तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलापहरू नगर्नु हुन सम्बद्ध सबैलाई अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ईपीएस कोरिया शाखाले मङ्सिर १९ गते सूचना प्रकाशित गर्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न आह्वान गरेको थियो । जसमा सूचनाको बुँदा नं. ५ को (च) मा उल्लेख भएको विषयलाई लिएर २०२३ को पानी जहाज निर्माण क्षेत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले उक्त बुँदा हटाउन माग गर्दै आएका थिए । उनीहरूले ज्ञापन पत्र पेश गरी धर्ना, जुलुस जस्ता कार्यहरू गर्दै आएका थिए ।
एक वर्षमा एकभन्दा बढी क्षेत्रहरूमा आवेदन दिन नसकिने भन्ने कोरियामा आप्रवासी कामदार जाने १६ देशहरूका लागि लागू छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण