शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलोपटक पोखरामा प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी बृहत् प्रदर्शनी हुने

शुक्रबार, १३ पुस २०८०, २२ : १२
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी हुने भएको छ ।  पोखरा प्रदर्शनी केन्द्र, पोखरामा गण्डकी प्रदेशस्तरीय प्रदर्शनी आउँदो पुस २० देखि २२ गतेसम्म हुने भएको हो । प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ । 

राष्ट्रिय स्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलोपटक प्रादेशिक स्तरमा पनि प्रदर्शनीको सुरुवात गरेको नामियाको अध्यक्ष कृष्ण शर्माले बताए ।

प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरू रहनेछन् भने करिब ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान आयोजकको छ । कृषक, उद्यमी, व्यवसायी, कृषि विज्ञ, विद्यार्थी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकको छ । 

एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण यन्त्रहरू तथा सेवाहरुका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरूलाई कृषि यान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ । 

प्रादेशिक प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रूपमा  सघाएका छन् ।

त्यसैगरी, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रीड) हरिहर भवन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) हरिहर भवन, नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) ललितपुर र राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरले पनि यस कार्यक्रममा सहयोगीका  रूपमा सहकार्य गरेका छन् । यसका साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि मेलालाई सहयोग गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप