नेपाल सुपर लिग : धनगढीलाई हराउँदै ललितपुर बन्यो च्याम्पियन
काठमाडौँ । १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो ।
खेलमा अग्रता भने धनगढीले लिएको थियो । खेलको ३८ औँ मिनेटमा ओलावाले अफिजले धनगढीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा इमोह इजेकेइलले ललितपुरका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा आक्रामक खेलको प्रदर्शन गरेको ललितपुरले ५० औँ मिनेटमा दिनेश हेनजानको गोलको मद्दतले अग्रता लियो । आठ मिनेटपछि इजेकेइलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरको अग्रता फराकिलो बनाए ।
खेलको ८० औँ मिनेटमा रिचार्ड आग्येमाङले दोस्रो पहेँलो कार्ड खाएपछि धनगढी १० खेलाडीमा सीमित बन्यो । यसका बावजुद खेलको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीले एक गोल फर्काएका थिए । तर बराबरी गोल फर्काउन निकै ढिला भइसकेको थियो ।
त्यसपछि कुनै गोल हुन सकेन र खेल ललितपुरले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ पाएको थियो भने यस सिजन भने उपाधिको रकम दोब्बर बनाइएको छ । पहिलो संस्करण काठमाडौँले जितेको थियो । त्यस्तै उपविजेता बनेको धनगढीले २० लाख रुपैयाँ हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण