आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
आइतबार, १५ पुस २०८०, १० : ५४

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो । यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा