आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
आइतबार, १५ पुस २०८०, १० : ५४
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो । यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण