माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति
चितवन । देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो ।
समितिका कार्यकारी निर्देशक सुदन बरालका अनुसार उपसमिति गठन गरी संयोजक तोक्ने काम सम्पन्न भइसकेको र कार्य विभाजनअनुसार काम सुरु भएको छ । समितिले तीन जिल्लाका सुरक्षा निकाय प्रमुखसँग पहिलो चरणको छलफल गरिसकेको छ । विशेष गरी चितवन हुँदै आउने भक्तजनको चाप बढी हुने भएकाले सो क्षेत्रमा व्यवस्थापनको कामलाई तीव्र पारिएको हो ।
मेलामा हुनसक्ने आकस्मिक दुर्घटनालाई रोक्नका लागि नदीको गहिराइ पहिचान गरी क्षेत्र निर्धारण गर्ने, भक्तजनलाई स्नानपछि कपडा परिवर्तनका लागि ‘चेन्जिङ रुम’को निर्माण गर्ने, अस्थायी शौचालय निर्माण, घुम्ती शौचालयको व्यवस्थापन, डुङ्गा व्यवस्थापन, टेलिकमका टावर व्यवस्थापनलगायत कामका लागि समन्वय भइरहेको उनले बताए ।
देवघाट स्नान गर्न आउने भक्तजनलाई झोलुङ्गे पुलको विकल्पमा कालीगण्डकी पुल, ठिमुरा र दासढुङ्गा पुलको प्रयोग गर्न उनले आग्रह गरे । उनले भने, “झोलुङ्गे पुल पुरानो भएकाले जीर्ण भएको अनुमान गरिएको छ, त्यसैले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।” अघिल्लो वर्षको तुलनामा भक्तजन बढ्ने आकलन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार गत वर्ष तीन लाख ५० हजार भक्तजनले देवघाटमा स्नान गरेका थिए भने यस वर्ष पाँच लाखले स्नान गर्ने अनुमान गरिएको छ । भक्तजनको चापअनुसार समितिले एक सय ५० स्वयंसेवक परिचालन गर्न लागिएको उनले बताए । टाढाबाट आएका सवारी साधनलाई पार्किङ लागि छुट्टै व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण