सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी जयन्तीमा राप्रपाले चियापान गर्ने

आइतबार, १५ पुस २०८०, १६ : २७
आइतबार, १५ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने भएको छ । 
राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले ३०२ औं पृथ्वी जयन्ती केन्द्रमा विविध कार्यक्रमका साथ मनाउने र सोही कार्यक्रमअनुसार काठमाडौँमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो । 

यस्तै  भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकसम्म ऱ्याली गर्ने र “पृथ्वीनारायण” शीर्षकमा ४० वर्ष मुनिका युवा कविता प्रतियोगिता गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
साथै, काठमाडौँ, ललितपुर, भक्तपुर बाहेक ७४ जिल्लामा पनि पृथ्वी जयन्ती मनाउने र सोका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ।

यस्तै पार्टीद्वारा निकट भविष्यमा गर्ने भनिएको आन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगबाट संचालन गर्न महामन्त्री डा धवल शमसेर राणाको संयोजकत्वमा रहेको आन्दोलन परिचालन समितिलाई पूर्णता दिइएको छ। समिति ११ सदस्यीय बनेको श्रेष्ठले जानकारी दिए । 

यस्तै नविन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० जना युवालाई पार्टीको केन्द्रीय समितिमा लैजाने यसअघिको निर्णयलाई कार्यान्वयन गर्न र प्राप्त निवेदनहरु मध्येबाट छनौटका लागि योग्यता र मापदण्ड तय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रबक्ता गोपाल दाहाल र सहमहामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गरिएको छ।
यस्तै राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पौस १८ गतेसम्म उमेदवार सिफारिश गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप