भेडेटारमा खाना महोत्सव
धनकुटा । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११ औं खाना महोत्सव आजदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ ।
कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको शुभारम्भ गर्दै यस्ता महोत्सवले प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय खाना, अग्र्यानिक खेतीबाट उत्पादित सागसब्जी, फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीको २५ कक्ष छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएका छन् ।
महोत्सवमा रु एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । भेडेटारका होटलमा महोत्सव अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक समितिका सचिव लालबहादुर श्रेष्ठ (रमेश) ले जानकारी दिए ।
हरेक वर्षझैँ महोत्सवमा भारतको विहारलगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन् । उनीहरुले स्थानीय स्तरमा उत्पादित खानपान र परिकारका स्वाद लिन पाउनेछन् । साथै पर्यटकहरुले साँगुरीगढी, पाथीभरा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना, ध्वजेडाँडा शूलीकोट, मोरङे राजाको दरबार, खिबेकलुङलगायत स्थान घुम्न र जिपलाइन, प्याराग्लाइडिङलगायत साहसिक खेलको आनन्द लिनसक्नेछन् ।
भेडेटारमा जाडोमा दैनिक दुई हजारसम्म र गर्मीमा सात हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको होटल एसोसिएसन भेडेटारको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण