बालकुमारी घटनाको छानबिन गर्न आज उच्चस्तरीय न्यायिक आयोग बन्दै
काठमाडौं । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न लागेको हो ।
कांग्रेस नेता रमेश लेखकका अनुसार गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।
रमेश लेखकले भने– ‘बालकुमारी गोल काण्डबारे छानबिन गर्नका लागि छानबिन आयोग ऐन २०२६ बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीजीले गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएर मन्त्रिपरिषद्ले निर्णय गरी सोमबारदिउँसोदेखि नै आयोगले काम गर्ने व्यवस्था मिलाउने कुरा भएको छ ।’
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले न्यायिक छानबिन आयोगको माग गरेको थियो । आइतबार बसेको सत्ता गठबन्धको बैठकपछि प्रधानमन्त्री प्रचण्ड आयोग गठनका लागि तयार भएका थिए ।
यसअघि घटना भएकै दिन पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो । तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन् ।
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण