शिक्षा प्रणाली व्यवहारिक बनाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षालाई व्यवहारिक बनाउनु पर्ने बताएका छन् । उनले वर्तमान शिक्षा प्रणालीले व्यावसायिकता दिन नसकेको भन्दै शिक्षा नीति बद्लेर व्यवहारिक र व्यावसायिक बनाउनु पर्ने बताएका हुन् ।
सोमवार धादिङको गजुरी गाउँपालिका–५ मा रहेको गजुरी पीण्डा माध्यमिक विद्यालयको नवनिर्मत भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले शिक्षा प्रणालीलाई पेसा र व्यवसायमुखी बनाउन जरुरी रहेको बताए । उनले पेसा र व्यवसायमुखी शिक्षा प्रणाली निर्माणका लागि बागमती प्रदेश सरकारले काम गर्ने बताए । प्रदेश सरकारले पेसा मुखी शिक्षा नीति बनाउने तयारी गरेको उनको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलका अनुसार विद्यार्थीले अध्ययन पश्चात् बेरोजगार भएर बस्नु पर्ने समस्यालाई निस्तेज पार्न प्रदेश सरकार लागि परेको छ । अहिले आवाससहितको व्यवस्थित गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उनले औँल्याए ।
‘हाम्रो शिक्षा नीति व्यवहारिक र व्यावसायिक छैन । त्यसैले पढेलेखेका व्यक्तिहरु पनि बेरोजगार बन्नु परेको छ । १२ कक्षा पास गरेका विद्यार्थीले अब आफैँ केही काम गरी आत्मनिर्भर बन्न सक्ने गरी प्रदेश सरकारले शिक्षा नीति बनाउँदै छ,’ उनले भने, ‘त्यसको प्रदेश सरकारले बजेटको ठुलो हिस्सा शिक्षा क्षेत्रमा लगानी गरेको छ । प्रदेश सरकारले विद्यालय नर्स, विद्यालय बस तथा छात्रावास जस्तो कार्यक्रम गर्दै आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण