पोखरामा मनाइयो टोपी दिवस, विश्वकै ठुलो टोपीलाई परिक्रमा गराइएको दाबी
पोखरा । ११ औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले विश्वकै ठुलो ढाका टोपीलाई लेकसाइडमा परिक्रमा गराउँदै टोपी दिवस मनाएको छ।
‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आएको नेपाली टोपी दिवसमा यसपालि सम्भवतः विश्वकै ठुलो ढाका टोपीलाई हल्लन चोकदेखि फिस्टेल गेटसम्म परिक्रमा गराएको प्रतिष्ठानका अध्यक्ष महेश्वरसिंह भण्डारीले बताए।
नेपाली टोपी प्रतिष्ठान गण्डकीको संयोजन र जस्मिन पेन्ट्सको सहयोगमा उक्त ढाका टोपीलाई परिक्रमा गराउन रेवान पोखराले समेत सहयोग गरेको थियो। २५ औँ सडक महोत्सव चलिरहँदा प्रतिष्ठानले नेपाली टोपीसहित राष्ट्रिय पोसाकको पहिचान, संवर्द्धन र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्नका लागि उक्त र्याली आयोजना गरेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाटले जानकारी दिए।
प्रतिष्ठानले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, महानगरका वडाध्यक्षहरू, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूलाई समेत नेपाली टोपी लगाएर नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।
विगत १० वर्षयता नेपाली युवाहरूले अङ्ग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रूपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठान गण्डकीका अध्यक्ष भण्डारी बताउँछन्।
ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।
त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ, जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण