निर्माणाधीन रंगशालामा १० औँ राष्ट्रिय खेलकुदका सबै खेलहरु खेलाउन सम्भव छैन: मन्त्री पाेखरेल
सुर्खेत। कर्णाली प्रदेशका समाजिक विकास मन्त्री खड्गबहादुर पाेखरेलले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेकाे बताएका छन्।
१० औं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने उनको भनाइ छ। त्यसका लागि अन्य जिल्लाहरुमा पनि संरचनाहरु बनाउन आवाश्यक रहेको उनले बताए ।
बुधबार वीरेन्द्रनगरमा आयाेजित खेलकुद पत्रकारीतामा तालिमकाे उद्घाटन गर्दै पाेखरेलले भने, 'अहिले बनिरहेको रंगशालामा मात्रै सबै खेल खेलाउन सम्भव छैन, त्यसैले कुन खेल कुन जिल्लामा खेलाउन सकिन्छ भन्ने विषयमा तयारी गरिरहेका छौं।'
तर,आर्थिक अभाव भने कायमै रहेकाे उनकाे भनाइ छ। आर्थिक अभावमा बीचमा पनि १० राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेकाे उनले बताए ।
कर्णालीकाे खेलकुद विकासलाई अगाडि बढाउनका सरकार अग्रसर भइरहेकाे पनि उनले बताए। 'कर्णालीका खेलाडीहरुलाई अझै सक्षम बनाउने वातावरण कर्णालीले सिर्जना गर्ने छ,' उनले भने, 'त्यसका लागि सरकार अग्रसर भइरहेकाे उनकाे भनाइ छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण