एस जयशंकरकाे नेपाल भ्रमणअघि विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन
बुधबार, १८ पुस २०८०, १६ : २८
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको तयारी चलिरहँदा विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन भएका छन् । यसअघि प्रवक्ता रहेका अरिंदम बागचीको ठाउँमा रवीन्द्र जयसवाल नियुक्त भएका हुन् ।
सन् १९९८ का ब्याची जयसवालले आजैदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघिका प्रवक्ता अरिंदम बागचीलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा भारतका स्थायी प्रतिनिधि नियुक्त गरिएपछि जयसवाललाई विदेश मन्त्रालयको प्रवक्तामा नियुक्त गरिएको हो ।
विदेशमन्त्री एस जयशंकर भोलि नेपाल आउँदैछन् । मन्त्री जयशंकरसँग अरिंदम बागची पनि नेपाल आउने कार्यक्रम तय भएको थियो । अब मन्त्री जयशंकरसँग नवनियुक्त प्रवक्ता जयसवाल नेपाल आउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण