शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एस जयशंकरकाे नेपाल भ्रमणअघि विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन

बुधबार, १८ पुस २०८०, १६ : २८
बुधबार, १८ पुस २०८०

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको तयारी चलिरहँदा विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन भएका छन् । यसअघि प्रवक्ता रहेका अरिंदम बागचीको ठाउँमा रवीन्द्र जयसवाल नियुक्त भएका हुन् ।

सन् १९९८ का ब्याची जयसवालले आजैदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघिका प्रवक्ता अरिंदम बागचीलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा भारतका स्थायी प्रतिनिधि नियुक्त गरिएपछि जयसवाललाई विदेश मन्त्रालयको प्रवक्तामा नियुक्त गरिएको हो । 

विदेशमन्त्री एस जयशंकर भोलि नेपाल आउँदैछन् । मन्त्री जयशंकरसँग अरिंदम बागची पनि नेपाल आउने कार्यक्रम तय भएको थियो । अब मन्त्री जयशंकरसँग नवनियुक्त प्रवक्ता जयसवाल नेपाल आउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप