महाधिवेशनको पूर्वसन्ध्यामा रेशमले भने–धेरै चलमलाउन जरुरी छैन
_hMh2v9Bwgj.jpg)
धनगढी । कैलालीबाट उदय भएको नागरिक उन्मुक्ति पार्टीको यही पुस २६, २७ र २८ गते टीकापुरमा महाधिवेशन हुन गइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन हुने महाधिवेशन उद्घाटन सत्रमा अन्य दलका शीर्ष नेता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यक्तिहरूलाई महाधिवेशनमा निम्तो गरिएको बताइएको छ ।
महाधिवेशन तयारीबारे जानकारी दिन बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका संरक्षक रेशमलाल चौधरीले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ । माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादवले आउने बताउनु भएको छ । केपी ओलीलाई निम्तो दिएका छौ । फेरि भेट गर्छु । शेरबहादुर देउवाले सन्देश पठाउने कुरा भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री ज्यू आउनु हुन्छ ।’
त्यस्तै, नाउपा संरक्षक चौधरीले आफ्नो दलको कार्यदिशाबारे धेरैले टीकाटिप्पणी गर्ने बताउँदै आफ्नो दलको स्पष्ट कार्यदिशा समुदायमा आधारित समाजवाद रहेको स्पष्ट पारेका छन् ।
पार्टीको मुख्य एजेण्डा भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवाद प्रतिष्ठापनको लागि पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको नारा रहेको उनले प्रष्ट्याए ।
उनले आफ्नो दलबारे अझै पनि धेरै बोल्नुपर्ने अवस्था आइनसकेको बताएका छन् । उनले भने, “हामी धेरै साना छौ । हामी चलमलाउने बेला भएको छैन । यहाँ त चलमलाउँदा धेरै कुरा ख्याल गर्नुपर्ने हुँदो रहेछ ।”
हाम्रा घोडाहरु बलिया छैनन्
यसैबीच नाउपा संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेश सरकार जनचाहना बमोजिम अगाडि बढ्न नसकेको स्वीकारोक्ति व्यक्त गरेका छन् ।
प्रदेशको सत्ता दल रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले चाहे अनुसारको कार्य गर्न नसक्ने अनुभूति सुनाएका हुन् ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले पार्टीको हिसाबले प्रदेश सरकार कसरी चलिरहेको छ ? भन्ने जिज्ञासामा उनले भने, “मनाङमा प्रत्येक वर्ष घोडा दौड हुन्छ । मैले रिपोटिंग गर्ने अवसर पाएको थिए । एक जना घोडा दौडाउने मान्छेसँग अन्तरवार्ता लिन पुगे र सोधे, ‘तपाईहरु यूरोपतिर जसरी घोडा दौडाउँछन् त्यसरी किन सक्नु हुन्न ?’ उनले जवाफ दिए, ‘यूरोपको जस्तै स्पिडमा घोडा दौडाउन त मन लाग्छ तर त्यस्तो बलियो घोडा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक