भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ : प्राधिकरण
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेण्डा बनाउन आवश्यक रहेको बताएको छ ।
बिहीबार काठमाडौँमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’(आइएलएस) सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने बताएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्दछ । भारत सरकारको अनुमतिको लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा आइएलएस) सञ्चालनको एजेण्डा राखी सम्झौता नै आवश्यक रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता भुलले जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको भएपनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको बताए । उनले भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण आइएलएस भएको र कहिले काहीँ भारतीय विमानले पनि प्रयोग गर्नसक्ने भएकाले दुवै देशले संयुक्त रुपमा सम्झौता गर्न आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय उडानमा सिमरा बाहेक थप अन्य सीमा विन्दुबाट प्रवेश गर्न नपाइने अवस्था रहेकाले अन्य प्रवेश विन्दुबाट पनि नेपालमा जहाज प्रवेश दिने सम्झौता गर्न आवश्यक रहेको बताए । उनले भारतले सिमरा बाहेकका अन्य नेपाल प्रवेश सीमा बिन्दुबाट जहाज उडान गर्न अनुमति दिए हवाई उडान छोटो हुने हुँदा लागत पनि कम हुने र हवाई भाडा पनि कम हुने अवस्था रहेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जडान भएपनि सञ्चालनमा नआउँदा जाडो र वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा अहिले पनि जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ । भारतको चारदिने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगभएको भेटमा आइएलएस सञ्चालनमा बाटो खुल्यो भने पनि अहिलसम्म सञ्चालनमा आएको छैन । भारतका विदेशमन्त्री एस जयशंकर दिव्पक्षिय वार्ताका लागि बिहीबार बिहान काठमाडौँ आउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण