शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘मुटु कटक्कै’

बिहीबार, १९ पुस २०८०, १३ : २७
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपुतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गरेको छ । 

यस्तैमा सपुतले पछिल्लो समय ल्याएको गीत ‘मुटु कटक्कै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । सोमबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १५ लाख बढी न्युज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

गीतमा शब्द तथा संगीत पनि सपुतकै छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाङ्कन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप