गठबन्धन दलको बैठक : राष्ट्रिय सभा चुनावमा एमालेलाई समेट्ने ढोका बन्द
काठमाडौँ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन दलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि साथमा लैजाने ढोका बन्द भएको छ । शनिबार सत्ता गठबन्धनमा रहेका ४ दलको बैठकले अब एमालेलाई साथमा लिएर जान नसकिने भन्दै गठबन्धन दलहरूबिच नै सिट बाँडफाँड गरेर जानेबारे छलफल भएको हो ।
गठबन्धन दलको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने–‘अब एमालेलाई समेट्ने स्थिति रहेन । एउटा बृहत लोकतान्त्रिक सन्दर्भमा राष्ट्रिय सभामा सबै दललाई समेटेर जाने हो कि भन्ने सोचाई हो । तर एमालेले सत्ता गठबन्धन दलको सदासयतालाई थोरै कमजोरीको रूपमा बुझेको जस्तो देखियो त्यस कारण उहाँहरूसँग कुरा मिलेन ।’
आजको बैठकमा सत्ता गठबन्धनमा आबद्ध ४ दलका नेताहरू सहभागी थिए । बैठकमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बाँडफाँडबारे सहमति नजिक रहेको उनले बताए । यसका लागि सत्ता गठबन्धन दलहरूबिच साँझ ५ बजे छलफल हुने उनले बताए ।
लेखकले भने–‘आज साँझ ५ बजे सत्ता गठबन्धनका सबै दलहरू बसेर छलफल गर्ने कार्यक्रम छ । सत्ता गठबन्धन सिङ्गै एउटा मोर्चामा लड्ने भएपछि उम्मेदवार बाँडफाँड पनि गर्नुपर्नेछ । सत्ता गठबन्धनमा आबद्ध ७ दल र सहयोग गरिरहेको अर्को एउटा दल समेत गरेर ८ दलको बैठक बस्नेछ ।’
माघ ११ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमाले पनि सहभागी हुनेबारे यसअघि छलफल भए पनि अब एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जाने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण