एकपटक सुन ल्याउँदा विमानस्थलमा सेटिङ मिलाउन ५ लाख खर्च हुने मीनबहादुरको बयान
काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट गत मङ्सिर २१ गते त्रिवि भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन । सो प्रकरणमा संलग्न अर्का पात्र हुन मीनबहादुर घले ।
अनुसन्धान अधिकृत समक्ष घलेले गरेको बयानमा सुन तस्करीमा पक्राउ परेका चन्द्र घले र भारतीय नागरिक अङ्कित अग्रवालसँग आफूले ह्वाट्सएपमार्फत कुराकानी गर्ने गरेको बयान दिएका छन् । भारतीय नागरिक अग्रवाल पनि दुबईमै बस्ने उनले बयान दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका पदाधिकारीले विमानस्थल भित्रको सेटिङको बारेमा स्टेप बाई स्टेप खुलाउन आग्रहमा उनले विमानस्थल भित्रका कर्मचारीहरूसँगको सेटिङ लमजुङ घर भएका डीबी भनिने दनबहादुर गुरुङले मिलाउने गरेको बयान दिएका छन् ।
१४ किलो सुन तस्करी गर्दा ५ लाख विमानस्थलका कर्मचारीलाई, १–१ लाख आफू र डीबी गुरुङलाई र ७५ हजार चन्द्र घलेलाई दिने गरेको उनले बयानमा भनेका छन् ।
बयानमा बयानमा मीनबहादुरले भनेका छन् :
डीबीसँग करिब ७–८ वर्ष पहिले नयाँ बसपार्कको दोहोरी साँझमा भेटघाट भई चिनजान भएको थियो । मैले समेत दुबईबाट विगतमा सुन ल्याउने गरेको हो । पछिल्लो पटक १४ किलो लिएर डीबी गुरुङको सहयोगमा एयरपोर्टबाट बाहिर निकाली डीबी गुरुङको घरबाट उक्त सुन बुझिलिई अङ्कित अग्रवालले पठाएको व्यक्तिलाई दिई निजबाट ९ लाख नगद बुझिलिएको हो ।
उक्त रकममध्ये ५ लाख डीबी गुरुङलाई एयरपोर्टको सेटिङ मिलाउन खर्च हुन्थ्यो । बाँकी रकममध्ये १–१ लाख म र डीबी गुरुङले बाँड्ने, बाँकीमध्ये साठी सत्तरी हजार दुबई सुन लिन जाने व्यक्तिलाई दिने गरिन्थ्यो भने बाँकी दुबईको टिकट भिसा बनाउन खर्च हुने गर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण