चेल्सी एफए कपको चौथो चरणमा
काठमाडौं । चेल्सीले एफ ए कपको चौथो चरणमा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा प्रिस्टोन नर्थ इन्डलाई ४–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्र्टलिङ र इन्जो फर्नान्डेजले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै चेल्सीले दोस्रो हाफमा गरेको हो ।
मालो गुस्टोको पासमा ब्रोजाले गोल गर्दै ५८ औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । ६६ औँ मिनेटमा कोल पालमरको पासमा सिल्भाले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो ।
६९ औँ मिनेटमा स्र्टलिङले गोल गर्दा ३–० को अग्रता लिएको चेल्सीले ८५ औँ मिनेटमा चौथो गोल गरेको थियो । स्टर्लिङको पासमा चेल्सीका फर्नान्डेजले गोल गरेका हुन् ।
एफ ए कप अन्तर्गत स्वेन्सा सिटीले मोरकम्बलाई २–० ले पराजित गर्दा, एस्टन भिल्लाले मिडिलवर्गलाई १–० ले स्तब्ध बनायो । यसैग्री सेफवेडले कार्डिफलाई ४–० गोलले पराजित गर्दा हल सिटी र बर्मिङघम सिटीले एक एक गोलको बराबरी खेले ।
न्युपोर्ट र इस्टलेइजले १–१ गोलको बराबरी खेल्दा प्लेमाउथले सटन युनाइटेडलाई ३–१ ले स्तब्ध बनायो । यसैगरी बर्नमाउथले क्युपीएआरलाई ३–२ गोलले हराउँदा सेफिल्ड युनाइटेडले गिलिङघमर्ला ४–० ले स्तब्ध गरेको थियो ।
यस्तै बल्यावर्नले क्याम्ब्रिज युनाइटेडलाई ५–२ गोल अन्तरले पराजित गर्दा वाटफोर्डले चेस्टरफिल्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी साउथ ह्याम्पटनले वालसललाई ४–० गोल अन्तरले हराउँदा नर्विच र ब्रिस्टल रोभर्सले १–१ गोलको बराबरी खेले ।
यसैगरी ब्राइटनले स्टोक सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्दा न्युक्यासलले सन्डरल्याण्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । मेडस्टोन युनाइटेडले स्टेभनेजलाई १–० गोल अन्तरले पराजित गर्दा कोभेन्ट्रीले अक्सफोर्डमाथि ६–२ को फराकिलो जित निकालेको थियो ।
यस्तै, लेस्टरले मिलवाललाई ३–२ गोल अन्तरले पराजित गर्दा इप्सवीचले विम्बल्डनलाई ३–१ गोल अन्तरले स्तब्ध बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण