मंकी किंग बन्ने हो ?
बेजिङ । बाँदरले झैं उफ्रिने पछारिने गर्नु पर्दैन, न त अलौकिक शक्ति चाहिन्छ न बादलमा चढ्ने क्षमता । तपाई चिनियाँ लेजेन्ड मंकी किंगको फ्यान हुनु हुन्छ भने केरा खाने बाहेक अरू केही काम गर्नु पर्दैन । कति सजिलो काम हैं । यो काम सजिलो लाग्छ भने मंकी किंग बन्न तपाईँले पनि आफ्नो सीभी पठाउन सक्नु हुन्छ ।
नको पर्यटकीय गन्तव्य वुचिशान सिनिक एरियाले चीनको मिथक पात्र मंकी किंगका रूपमा मान्छेलाई भर्ना गर्न खोजिरहेको छ । यस कामका लागि छानिएको उम्मेदवारले मासिक ८४२ (करिब १ लाख १२ हजार रुपैयाँ) अमेरिकी डलर पाउनेछन् । यसको बदलामा छानिएको व्यक्तिले मंकी किंगको भेसभुसा लगाएर पहाडको फेदमा रहेको गुफामा बस्नु पर्नेछ अनि पयर्टकहरुले दिएका केरा खानु पर्नेछ ।
चीनमा मंकी किंग निकै लोकप्रिय पौराणिक पात्र हो । यो जबको भ्याकेन्सी अनलाइनमा अहिले भाइरल बनेको छ । ‘कस्तो मजाको जागिर हो ? असिमित खाना अनि त्यसमाथि तलब पनि,’ टिकटकको चिनियाँ भर्जन दोउयिनमा एक युजरले कमेन्ट गरेका छन् ।
मंकी किंग बन्न कुनै शैक्षिक योग्यता मागिएको छैन । ठिकठाकको अभिनय गर्न आए पुग्छ । मंकी किंग बन्न २ जना कर्मचारीलाई नियुक्त गरिसकेको अब एक जना मात्रै चाहिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण