कृषि
धान बालीको क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
आइतबार, २२ पुस २०८०, २२ : २४
काठमाडौँ । चालु आर्थिक वर्षमा धान बालीको उत्पादन बढेको छ भने क्षेत्रफल घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको जनाएको हो ।
गत वर्ष ५४ लाख ४७ हजार टन धान फलेको थियो भने यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको छ । यो वर्ष धानको उत्पादन बढे पनि क्षेत्रफल भने घटेको छ ।
कुल धानबाली भित्र्याइएको क्षेत्रफलगत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार हेक्टर पुगेको छ । गत वर्ष १४ लाख ४७ हजार हेक्टरमा धान खेती गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण