समृद्ध मधेशको नेतृत्व नेपालले लिनुहुन्छ : पूर्वमन्त्री श्रेष्ठ

बारा । पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले समृद्ध मधेसको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव नेपालले लिने बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिका– ५ बौहरीमा नेपाल रिटर्नी एसोसिएसन (समाजवादी) पार्टी प्रवेश तथा सङ्गठन विस्तारसम्वन्धि कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले समृद्ध मधेश प्रदेशको विकास र उन्नतिको नेतृत्व माधव नेपालले मात्रै लिन सक्ने बताएका हुन् ।
‘तपाईंहरुलाई म यति मात्रै विश्वास दिलाउन चाहन्छु, समृद्ध मधेसको नेतृत्व कमरेड माधव नेपालले लिनुहुन्छ, मधेश प्रदेशको उन्नतिको लागि सबैभन्दा पहिला काठमाडौँ/तराइ मधेश द्रुतमार्गको अवधारणा माधव नेपाल प्रधानमन्त्री हुँदा ल्याइएको हो, आज निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायत धेरै कुराहरू यो प्रदेशले पाउँदैछ,’ सङ्घीय सांसद श्रेष्ठले भने– ‘नेकपा एसले मात्रै समाजवादको सपना पुरा गर्दछ ।’
पूर्व मन्त्री श्रेष्ठले गठबन्धनको सरकार भएका कारण जनतासँग प्रतिबद्धता जनाए जति सबै काम गर्न नसकिए पनि अनुभूति हुनेगरी कामको सुरुवात भएको बताए । उनले राष्ट्रियसभा सदस्यका लागि आकाङ्क्षीहरू धेरै भएको तर नेकपा एसले भागमा २ सिट मात्रै पाएकोले सबैको अपेक्षा पुरा गर्न नसकिने बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा श्रेष्ठले पार्टी प्रवेश गर्ने, जिम्मेवारी लिने तर काम नगर्ने प्रवृत्ति छोड्नुपर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्धि
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)