शमीलाई अर्जुन पुरस्कार
मङ्गलबार, २४ पुस २०८०, १४ : ३४
नयाँ दिल्ली । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीलाई मंगलबार राष्ट्रपति द्रौपदी मुर्मूले अर्जुन पुरस्कार प्रदान गरेकी छन् । राष्ट्रपतिले भारतका विभिन्न खेलाडीहरूलाई राष्ट्रिय खेल पुरस्कारबाट सम्मानित गरेकी हुन् ।
गत वर्ष आयोजित विश्वकपमा मोहम्मद शमीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०२३ को एकदिवसीय विश्वकपमा उनले सात खेलमा कूल २४ विकेट हासिल गरे ।
शमीले १०१ एकदिवसीय खेलमा १९५ विकेट लिएका छन् । त्यस्तै, ६४ टेस्टमा २ सय २९ विकेट लिनुका साथै २३ टी–२० खेलमा २४ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण