शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दश वर्षमा ऋतिक रोशनका ४ फिल्म हिट

बुधबार, २५ पुस २०८०, १२ : ३४
बुधबार, २५ पुस २०८०

मुम्बई । अभिनेता ऋतिक रोशन आज आफ्नो ५०औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । ऋतिक पछिल्लो २४ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छन् । २५ जनवरीमा उनको नयाँ फिल्म ‘फाइटर’ रिलिज हुँदैछ । 

ऋतिकको विगत दश वर्ष नियाल्ने हो भने उनका मात्र ६ फिल्म रिलिज भए । यी मध्य दुई ‘मोहनजोदडो’ र ‘विक्रम वेधा’ फ्लप भयो । बाँकी ४ फिल्म बक्स अफिसमा हिट मानिन्छ ।

सबैभन्दा बढी फिस लिने अभिनेताको लिस्टमा ऋतिकको नाम ६ नम्बरमा पर्छ । उनको कुल सम्पत्ति ३ हजार एक सय १७ करोड (भारु) छ । भारतको धनी अभिनेताको लिस्टमा उनी तेस्रो नम्बरमा अटाउँछन् । आम्दानीको मामलामा अक्षय कुमार र सलमान खान पनि उनी भन्दापछि छन् ।

ऋतिकले फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेका थिए । यो फिल्मले उनलाई रातारात स्टार बनाएको थियो । सानैदेखि फिल्म यात्रामा रहेका उनको जीवन उतारचढावले भरिएको छ ।

२०२३, २०२१, २०२०, २०१८ र २०१५ मा उनको कुनै पनि फिल्म आएन । उनका कुनै फिल्मको बजेट पनि २०० करोड भन्दामाथि छैन । १० वर्षमा १७० करोडमा बनेको फिल्म ‘वार’ उनको सबैभन्दा हिट मानिन्छ । फिल्मले संसारभरबाट ४७५.५ करोड कमायो । यो ऋतिकको सबैभन्दा बढी कमाउने फिल्म हो । दोस्रो धेरै कमाउने फिल्म ‘कृष ३’ हो । २०१३ मा रिलिज भएको थियो । फिल्मले ३९३.३७ करोड कमाएको थियो ।

अहिले ऋतिकसँग मात्र एउटा फिल्म छ । ‘वार २’ जुन २०२५ मा आउनेछ । यो २०१९ को फिल्म ‘वार’को सिक्वेल हो । यस फिल्मबाट साउथ सुपरस्टार जुनियर एनटीआर बलिउड डेब्यु गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप