आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तपाईँलाई पनि दिमागमा बोझ महसुस हुन्छ ?

बुधबार, २५ पुस २०८०, १६ : १८
बुधबार, २५ पुस २०८०

काठमाडौँ । जब हामी डिप्रेशन वा तनावमा हुन्छौँ, यतिबेला दिमागमा बेग्लै खालको बोझ महसुस हुन्छ । तर कतिपय मानिसलाई यो मानसिक स्वास्थ्यसम्बधी समस्या हो भन्ने थाहै हुन्न । तपाई पनि मस्तिष्कमा बोझ महसुस गर्नु हुन्छ भने सतर्क हुनुस् ।

यो लक्षणले तपाईँको मानसिक स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । यस्तो महसुस गर्ने प्रायः त्यस्ता व्यक्तिहरु हुन्छन् जसले अरुसँग आफ्नो समस्या लुकाउने वा समस्याहरू मनभित्रै गुम्स्याएर राख्ने गरेका हुन्छन् । यसको कारण दिमागमा तनावको स्तर बढ्न थाल्छ ।

यस्ता मानिसहरू प्रायः आफ्नो मनमा उत्पन्न हुने नकारात्मक भावना कसैसँग पनि शेयर गर्दैनन् । आफू हुँदा वा नहुँदा कसैलाई फरक पर्दैन भन्ने सोच्छन् । यस्ता मान्छेहरू आफ्नो गल्ती नै नहुँदा पनि मान्छेहरूसँग माफी माग्छन् । सबैले आफूलाई मन पराउन भन्ने यिनीहरुको चाहना हुन्छन् । कसैप्रति कृतज्ञ हुनु राम्रो कुरा हो । तर आवश्यकताभन्दा धेरै कृतज्ञ रहनु पनि दिमागमा बोझको कारण बन्न सक्छ ।

यस्ता मानिसहरु कसैलाई पनि दुःखी, निराश बनाउन चाहँदैनन् । हरेक समय सबैलाई खुसी कसैले पनि बनाउन सक्दैन । सबैलाई खुसी बनाउँछु भन्ने सोच राख्दा दिमागको बोझ बढ्न सक्छ । आफ्नो जीवन बोझिलो लाग्न थालेपछि व्यक्तिले वास्तविकता सामना गर्नै नपरोस् भनेर आफैलाई काममा व्यस्त राख्न थाल्छ । यस्ता मानिसहरु कसैको पनि मद्दत लिँदैनन् । आफैँमा चिन्तित भएर बस्छन् । जसका कारण उनीहरुको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप