तपाईँलाई पनि दिमागमा बोझ महसुस हुन्छ ?
काठमाडौँ । जब हामी डिप्रेशन वा तनावमा हुन्छौँ, यतिबेला दिमागमा बेग्लै खालको बोझ महसुस हुन्छ । तर कतिपय मानिसलाई यो मानसिक स्वास्थ्यसम्बधी समस्या हो भन्ने थाहै हुन्न । तपाई पनि मस्तिष्कमा बोझ महसुस गर्नु हुन्छ भने सतर्क हुनुस् ।
यो लक्षणले तपाईँको मानसिक स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । यस्तो महसुस गर्ने प्रायः त्यस्ता व्यक्तिहरु हुन्छन् जसले अरुसँग आफ्नो समस्या लुकाउने वा समस्याहरू मनभित्रै गुम्स्याएर राख्ने गरेका हुन्छन् । यसको कारण दिमागमा तनावको स्तर बढ्न थाल्छ ।
यस्ता मानिसहरू प्रायः आफ्नो मनमा उत्पन्न हुने नकारात्मक भावना कसैसँग पनि शेयर गर्दैनन् । आफू हुँदा वा नहुँदा कसैलाई फरक पर्दैन भन्ने सोच्छन् । यस्ता मान्छेहरू आफ्नो गल्ती नै नहुँदा पनि मान्छेहरूसँग माफी माग्छन् । सबैले आफूलाई मन पराउन भन्ने यिनीहरुको चाहना हुन्छन् । कसैप्रति कृतज्ञ हुनु राम्रो कुरा हो । तर आवश्यकताभन्दा धेरै कृतज्ञ रहनु पनि दिमागमा बोझको कारण बन्न सक्छ ।
यस्ता मानिसहरु कसैलाई पनि दुःखी, निराश बनाउन चाहँदैनन् । हरेक समय सबैलाई खुसी कसैले पनि बनाउन सक्दैन । सबैलाई खुसी बनाउँछु भन्ने सोच राख्दा दिमागको बोझ बढ्न सक्छ । आफ्नो जीवन बोझिलो लाग्न थालेपछि व्यक्तिले वास्तविकता सामना गर्नै नपरोस् भनेर आफैलाई काममा व्यस्त राख्न थाल्छ । यस्ता मानिसहरु कसैको पनि मद्दत लिँदैनन् । आफैँमा चिन्तित भएर बस्छन् । जसका कारण उनीहरुको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण