शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक

बुधबार, २५ पुस २०८०, १६ : ३३
बुधबार, २५ पुस २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको ७३ औं सचिवालय बैठक बसिरहको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । 

बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवार र त्यसपछि पार्टीमा देखिएको असन्तुष्टिका साथै पार्टी विधानबारे छलफल हुँदैछ । नेकपा एकीकृत समाजवादीमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटप्रति असन्तुष्टि देखिएको छ ।

उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामाको घोषणा नै गरेका छन् ।

समाजवादीले सत्ता गठबन्धनसँगको भागबन्डामा माघ ११ मा हुने १९ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई सिट पाएको छ । त्यसमा सो पार्टीले बागमती प्रदेशको दलित कोटामा घनश्याम रिजाल (दोलखा) र कर्णाली प्रदेश महिला कोटामा सावित्री मल्ल (दैलेख)लाई उम्मेदवार बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप