आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको ७३ औं सचिवालय बैठक बसिरहको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवार र त्यसपछि पार्टीमा देखिएको असन्तुष्टिका साथै पार्टी विधानबारे छलफल हुँदैछ । नेकपा एकीकृत समाजवादीमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटप्रति असन्तुष्टि देखिएको छ ।
उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामाको घोषणा नै गरेका छन् ।
समाजवादीले सत्ता गठबन्धनसँगको भागबन्डामा माघ ११ मा हुने १९ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई सिट पाएको छ । त्यसमा सो पार्टीले बागमती प्रदेशको दलित कोटामा घनश्याम रिजाल (दोलखा) र कर्णाली प्रदेश महिला कोटामा सावित्री मल्ल (दैलेख)लाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण