सुदूरपश्चिम प्रदेशसभामा चार संसदीय समितिका सभापति चयन
कैलाली । सुदूरपश्चिम प्रदेशसभाका विषयगत चार समितिमा सभापति चयन भएका छन् । निर्वाचन भएको एक वर्षपछि बुधवार विषयगत चार समितिले सभापति पाएका हुन् । चारवटै समिति सभापति सर्वसम्मत चयन भएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभाका सचिव नरेन्द्रबहादुर पालकाअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद माया पन्त चयन भएका छन् ।
त्यसैगरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद वीरबहादुर थापा चयन भएको सचिव पालले जानकारी दिए ।
दलहरूबिच संसदीय समिति सभापति पदमा दलीय भागबन्डा गरिएको थियो । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने कुनै सभापति नपाएपछि अर्को समिति थप गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण