सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वार्थ बाझिने गरी क्यानको महाप्रबन्धक नियुक्ति गरिएको  असन्तुष्टि पक्षको आरोप

बुधबार, २५ पुस २०८०, १८ : ४०
बुधबार, २५ पुस २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन् । 

कोइराला पनि सो नियुक्त प्रक्रियाका क्रममा प्रतिष्पर्धीका रूपमा सहभागी भएका थिए ।  तर सो पदमा नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिम) बाट भएको कोइरालाले आरोप लगाए । 

महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए । उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने उनले धम्की दिए ।  

असन्तुष्ट कोइरालाले बलियो नेपालमा रहेका सदस्यले नै नियुक्ति पाउँदा उनलाई छनोट गर्ने व्यक्तिमध्ये दुई जना नै सोही संस्थाको सदस्य रहेको सार्वजनिक गरे । क्यानका सचिव पारस खड्का, पोखरेल दुवै बलियो नेपालको संस्थापक रहेको र त्यही संस्थामा आबद्ध व्यक्तिलाई नै महाप्रबन्धकका लागि छनोट गरिएको उनको आरोप छ । 

क्यानले सोमबार उत्सव ढुंगानालाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । कोइरालाले सो संस्थामा काम गरेको यसअघि नै सार्वजनिक भइरहेको थियो । बलियो नेपालको सहकार्यमा पारसले नै बलियो कप क्रिकेट गर्दै आएका थिए । त्यसैले कोइरालाले महाप्रबन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको बताए । 

कुल ६१ आवेदनबाट सर्ट लिस्ट गरी अन्तर्वार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो । ६ महिनाअघि जनरल म्यानेजर वृत्तान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो । तर, नियुक्ति भएपछि पनि विवादमा परेको छ ।

क्यानले महाप्रबन्धक लागि दोस्रो पटक आवेदन माग गरेको थियो । क्यानमा नयाँ नेतृत्व आएसँगै पुरानो प्रक्रियाबाट छनोट भएकालाई रद्द गरेको थियो । तर, त्यो विवादमा परेपछि पुरानोसहित कुल ६८ जनाले महाप्रबन्धकका लागि आवेदन दिएका थिए । त्योमध्ये सर्ट लिस्टमा १४ जना परेको र अन्तर्वार्तामा सात  जनालाई बोलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप