सन्दीपलाई जेल सजाएपछि सांसदको स्ट्याटस– होनहार खेलाडीलाई बली चढाइयो
बुधबार, २५ पुस २०८०, २१ : ०७
पोखरा । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको छ । किशोरी बलात्कार आरोप लागेका उनलाई बुधवार सजाय सुनाइएको हो ।
उनलाई सजायको फैसलापछि गण्डकी प्रदेशका एक सांसदले विदेशीको इशारामा फसाइएको आरोप लगाएका छन् । बागलुङका सांसद कृष्ण पाठकले उनलाई अरूले नै फसाएको तर्क गरेका हुन् ।
‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनको स्ट्याटसमा कसैले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । पाठक एमालेको समानुपातिक सूचीबाट सांसद बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण