रोमाका खेलाडीमाथि बियरको बोतल प्रहार
बिहीबार, २६ पुस २०८०, १० : २५

रोम । कोपा इटालियाको क्वार्टरफाइनल खेलमा चिरप्रतिद्वन्द्वी लाजियोविरुद्धको खेलमा एएस रोमाका खेलाडी एडोवार्डो बोभमाथि बियरको बोतल प्रहार भएको छ । बुधबार राति भएको खेलमा तीनवटा रातो कार्डसमेत देखाइएको थियो ।
२२ वर्षीय खेलाडीलाई सब्सटिट्यु सन गर्ने बेला उनलाई पछाडिबाट बियरको बोतल हानिएको थियो । बोतल लागेर उनी मैदानमा ढलेका थिए ।
खेलमा लाजियो १–० गोलले विजयी बन्यो । माटिया जाकाग्नीले खेलमा निर्णायक गोल गरे । सन् २०२१ मा रोमाको नेतृत्व लिए यता जोसे मोरिन्होले ६ मध्ये चारवटा डर्बी खेलमा पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा