रोमाका खेलाडीमाथि बियरको बोतल प्रहार
बिहीबार, २६ पुस २०८०, १० : २५
रोम । कोपा इटालियाको क्वार्टरफाइनल खेलमा चिरप्रतिद्वन्द्वी लाजियोविरुद्धको खेलमा एएस रोमाका खेलाडी एडोवार्डो बोभमाथि बियरको बोतल प्रहार भएको छ । बुधबार राति भएको खेलमा तीनवटा रातो कार्डसमेत देखाइएको थियो ।
२२ वर्षीय खेलाडीलाई सब्सटिट्यु सन गर्ने बेला उनलाई पछाडिबाट बियरको बोतल हानिएको थियो । बोतल लागेर उनी मैदानमा ढलेका थिए ।
खेलमा लाजियो १–० गोलले विजयी बन्यो । माटिया जाकाग्नीले खेलमा निर्णायक गोल गरे । सन् २०२१ मा रोमाको नेतृत्व लिए यता जोसे मोरिन्होले ६ मध्ये चारवटा डर्बी खेलमा पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण