बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगमको समस्या समाधान गर्ने मन्त्री रिजालको आश्वासन

बिहीबार, २६ पुस २०८०, १५ : १८
बिहीबार, २६ पुस २०८०

काठमाडौं । उद्योगमन्त्री रमेश रिजालले नेपाल आयल निगमको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल आयल निगमको ५४औं वार्षिकोत्सवमा मन्त्री रिजालले आयल निगमका समस्याहरु समाधान गर्न सबैसँग बसेर विस्तारै समस्या समाधान गर्दै जाने बताए ।

निगमसँग सहकार्य गर्दै आएका र सरोकारवाला निकाय तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अधिकारीहरुले निगम भित्रका समस्याप्रति गुनासो गरेका थिए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले पिएसएफको विषय, सातै प्रदेशमा पेट्रोलपम्प सञ्चालन गर्ने, चार्जिङ स्टेसन सञ्चालन गर्नेलगायत विषयमा भएको समस्या समाधान गर्न ध्यानाकर्षण गराए । 

उनले भने, ‘जहाँ म उभिएर बोल्दै छु, यो ठाउँमा पेट्रोलपम्प सञ्चालन गर्ने भनेर हामीले प्रक्रिया अगाडि बढाएका थियौं । सडक विभागले नबनाउन भनेको छ । हाम्रै वरिपरी पेट्रोलपम्प सञ्चालन हुने तर, हामीले गर्न नपाउने, म माननीय सचिव र मन्त्रीज्युको ध्यानाकर्षण गराउँछु । पेट्रोल पम्प सातवटै प्रदेशमा सञ्चालन गर्नुपर्छ ।’

उनले थपे, ‘रिन्यूएबल एनर्जीका कुरा, गोबर ग्यास, बायोडिजेलका कुरा छन् । जोड दिएर के भन्न चाहन्छु भने आइपिओ र सेयरका कुराका लागि अगाडि बढेर निगमको सुधारका लागि जानुपर्छ ।’
 
त्यसपछि मन्त्री रिजालले भने, ‘साथीहरुको कुरा मैले सुनें । तपाईंहरुको कुरा मैले गम्भीरतापूर्वक लिएको छु । आयल निगमका समस्याहरु राख्नुभयो, यी कुराहरुमा विस्तारै बसेर समस्या समाधान गरिने आश्वासन दिन चाहन्छु ।’

उनले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज र निर्वाध आपूर्ति सुनिश्चित गरी व्यवस्थापन गर्न र समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताए । 

सोहीअनुसार उनले सिमरा बिमानस्थलमा हवाइ इन्धन रिफिलिङको काम सुरु गरिसकेको र पोखरा बिमानस्थलमा हवाइ इन्धन डिपोको शिलान्यास गरी काम सुरु गरेको जानकारी दिए । 

यस्तै उनले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको बताए । 

‘भविष्यमा पेट्रोलियम पदार्थ माथिको निर्भरतालाई केही हदसम्म भएपनि कम गर्ने र नेपालमै पेट्रोलियम पदार्थको उत्खनन र प्रशोधन गर्ने दिर्घकालीन सोचका साथ दैलेख जिल्लामा अन्वेषण गन्तर्गतको ड्रिलिङ कार्य भैरहेको छ । यसका लागि ४५ रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याई ड्रिलिङ कार्यलाई निरन्तरता दिइएको छ,’ मन्त्री रिजालले भने । 

यस्तै, पेट्रोलियम पदार्थमा बायोडिजल मिश्रण गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार भैसकेको मन्त्री रिजालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप