‘मिस युनिभर्स नेपाल’को आयोजक परिवर्तन, उमंगको ठाउँमा भित्रियो ग्लोबल ग्ल्यामर भेन्चर
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स २०२४’ आयोजनाको आधिकारिता आफूले प्राप्त गरेको जानकारी दिएको हो ।
यसअगाडि ‘मिस युनिभर्स नेपाल’ उमंग क्रियसनले गर्दै आएको थियो । उमंग अगाडि मिस युनिभर्स नेपाल ‘मिस नेपाल’ आयोजक द हिडन ट्रेजरले आयोजना गरेको थियो ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममम ‘मिस युनिभर्स नेपाल–२०२४’को राष्ट्रिय निर्देशकमा संगीता पुरी, संस्थाको अध्यक्षमा आलोक क्षेत्री र सीईओमा सबी पुरी रहेको जानकारी दिइयो ।
मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेण्डर गोन्जालेज, नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिलाको अधिकार, पहिचान र प्रतिभालाई विश्वमाझ चिनाउने उद्देश्यले यो वर्षबाट ग्लोबल ग्ल्यामर भेन्चर मिस युनिभर्स नेपालमा जोडिएको राष्ट्रिय निर्देशक संगीता पुरीले बताइन् । ‘किन र कसरी यो प्रतियोगिताबाट पुरानो आयोजक हट्नु भयो हामीलाई थाहा भएन’, पुरीले भनिन् ‘हामी अन्तर्राष्ट्रिय प्रतियोगिताको खोजीमा थियो । यो गर्नुस् भन्नु भयो हामी होमियौ ।’ प्रतियोगिताका लागि सबैसँग सहकार्यका गरेर अगाडि बढ्ने उनको धारणा रहेको थियो ।
कार्यक्रमका लागि केही साताअघि नेपाल आइपुगेकी मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाले आफ्नो सौन्दर्य प्रतियोगिताको यात्राको बारेमा बताइन् । उनले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, खाना र आतिथ्यको प्रशंसा गर्दै आफ्नो परिवार पनि नेपाल घुम्न आउन उत्साहित रहेको बताइन् । सांस्कृतिक सौन्दर्य र मिठासले मलाई लोभ्याएको उनको भनाई थियो । उनी पहिलो पटक नेपाल आएकी हुन् ।
मिस युनिभर्स नेपाल पुरानै मापदण्डअनुसार आयोजना हुनेछ । प्रतियोगितामा १८ वर्ष नाघेका विश्वभरका नेपालीले सहभागी जनाउन सक्नेछन् ।
‘मिस युनिभर्स २०२४’ को फिनाले आगामी सेप्टेम्बर २८ मा मेक्सिकोमा आयोजना हुँदैछ । त्यस अगाडि नेपालमा छानिनेछ । नेपालको विजेताले मेक्सिकोमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको लागि आगामी अप्रिलबाट आवेदन फर्म खुल्ला हुनेछ ।
प्रतियोगिताको निर्णायक तथा अन्य जानकारी ‘मिस युनिभर्स नेपाल’को आधिकारी पेजबाट गराइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण