शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

निर्यातमा नगद अनुदानका लागि थप बजेट माग

शनिबार, २८ पुस २०८०, ०६ : ०६
शनिबार, २८ पुस २०८०

काठमाडौँ । निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आवका लागि निर्यातमा नगद अनुदानका लागि ९० करोड रुपियाँ छुट्याएको थियो । सरकारले निर्यात प्रवर्धनमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण गर्दै अर्थतन्त्र सबल बनाउन नेपालबाट निर्यात हुने हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउडलगायतका वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गर्दै निर्यात प्रोत्साहन नीति लिएको छ ।

मङ्सिर महिनासम्म सो रकम खर्च भइसकेकाले थप माग गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रमिला भण्डारीले चालु आवमा छुुट्याएको रकम अनुदान वितरण गरिसकेकाले थप एक अर्ब १० करोड रुपियाँ माग गरिएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप