ह्यारी केनको गोलवर्षा जारी
शनिबार, २८ पुस २०८०, ०६ : ३८
एलियान्ज एरिना । ह्यारी केनले बुन्डेस लिगामा यो सिजन २२ औँ गोल गर्दा बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफेनहाइमलाई सजिलै हराएको छ । जर्मनीका महान् खेलाडी फ्रान्ज बेकेनबाउरलाई सम्झना गर्दै शुक्रबार खेलिएको खेलमा बायर्न ३–० गोलले विजयी बनेको हो ।
बायर्नका पूर्व खेलाडी तथा म्यानेजर बेकेनबाउरको गत आइतबार ७८ वर्षको उमेरमा निधन भएको थियो । उनले क्लबका लागि ५८२ खेल खेलेका थिए ।
खेलमा जमाल मुसियालाले दुई हाफमा एक–एक गोल गरे । खेलको अन्त्यतिर इंग्ल्याण्डका कप्तानले एक गोल थप्दै टोलीलाई जीत दिलाए ।
जीतपछि १६ खेलमा ४१ अङ्क बटुल्दै टोली अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । हालसम्म एक खेलमा मात्र पराजित बायर्न शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण