शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अनुराग कश्यपले एनिमल निर्देशकको तारिफ गरेपछि...

आइतबार, २९ पुस २०८०, १० : ५४
आइतबार, २९ पुस २०८०

नयाँ दिल्ली । रणबीर कपूरको फिल्म एनिमल गएको वर्ष बलिउडमा रिलिज भएको सबैभन्दा चर्चित फिल्ममध्ये एउटा थियो । यो २०२३ मा सबैभन्दा धेरै कमाउने फिल्मको सूचिमा दोस्रो नम्बरमा रह्यो । फिल्ममा रणबीर खुंखार भूमिकामा देखिएका थिए । फिल्ममा रणबीरले निभाएको टक्सिक र मिसोजिनिष्ट पात्रको निकै आलोचना भयो । निर्देशक संदीप वांगा रेड्डीले पनि निकै आलोचना खेप्नु पर्यो ।

एनिमल र वांगाको पक्ष अनि विपक्षमा बलिउड स्टारहरु देखिएका थिए । पक्षमा उभिने एक चाँहि निर्देशक अनुराग कश्यप पनि थिए । वांगालाई भेटेपछि अनुरागले एक अर्कालाई अँगालो मारेको फोटो सामाजिक सञ्जाल इन्ष्टाग्राममा शेयर गर्दै लामो पोष्ट लेखेका छन् । पोष्टमा कश्यपले वांगालाई यो समयको सबैभन्दा धेरै जज गरिएको, तथानाम गाली सुनाइएका अनि गलत बुझिएको फिल्ममेकर भनेका थिए । पोष्टमा कश्यपले एनिमललाई हिन्दी सिनेमाको काया पलट गर्ने फिल्म भने ।

‘संदीप रेड्डी वांगाको साथमा निकै सुखद साँझ बिताए । यिनी यो समयको सबैभन्दा धेरै जज गरिएको, तथानाम गाली सुनाइएका अनि गलत बुझिएको फिल्ममेकर हुन् । मेरो लागि उनी सबैभन्दा इमानदार, इमोशनल र कमालका व्यक्ति हुन् । कसैले उ र उसको फिल्मबारे के सोच्छन् भनेर मलाई बिल्कुल फरक पर्दैन ।’ कश्यपले लेखेका छन् । आफूले वांगालाई भेट्न चाहेको अनि उनीलाई सोध्न आफूसँग प्रश्न भएको पनि उनले बताए । फिल्मबारे सोधेको हरेक प्रश्नको उत्तर वांगाले दिएको अनि आफूले २ पटक फिल्म हेरेको पनि उनले बताए ।

निराश भए युजर
इन्ष्टाग्रामका कतिपय युजरहरुलाई कश्यपको यो पोष्ट मन परेन । पोष्ट हेरेर एक युजरले ‘नशामा छौं कि क्या हो ?’ भनेर प्रश्न गरेका थिए । अर्का एक जनाले भने आफू निराश छु भन्नु काफी नहुने बताएका थिए । एक जनाले तिम्रो दिमाग खराब भएको कुरा सही हो भनेर कमेन्ट गरेका थिए । 

एनिमलले विश्वभरबाट ८०० करोड भारु भन्दा धेरै कमाएको थियो । फिल्ममा रणबीर कपूरको साथमा रश्मिका मन्दाना, तृप्ति डिमरी, अनिल कपूर र बबी देओल पनि थिए । फिल्मका केही दृश्य र डाइलगप्रति एकाथरी दर्शकहरुले आपत्ति जनाएका थिए । गितकार जाभेद अख्तरले पनि ‘जुता चाट’ भन्ने दृश्यमा फिल्मको आलोचना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप