समाचार
न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास
आइतबार, २९ पुस २०८०, १४ : २३
काठमाडौँ । सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।
रावललेले आत्मदाह गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ । उनलाई वीर अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । गिरी र रावलबिच पारिवारिक विवाद रहँदै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण