प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट श्रेष्ठ र घिमिरे सम्मानित
आइतबार, २९ पुस २०८०, १५ : ०५
काठमाडौँ । प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट वरिष्ठ साहित्यिक पत्रकारद्वय रुक्मिणी श्रेष्ठ र रोचक घिमिरे सम्मानित भएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट उनीहरुलाई सम्मानित गरेको हो ।
श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएका छन् । यस्तै घिमिरेले २०१८ सालबाट रचना द्वेमासिक पत्रिका सञ्चालन गर्दै आएका छन् । दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण