शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट श्रेष्ठ र घिमिरे सम्मानित

आइतबार, २९ पुस २०८०, १५ : ०५
आइतबार, २९ पुस २०८०

काठमाडौँ । प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट वरिष्ठ साहित्यिक पत्रकारद्वय रुक्मिणी श्रेष्ठ र रोचक घिमिरे सम्मानित भएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट उनीहरुलाई सम्मानित गरेको हो । 

श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएका छन् । यस्तै घिमिरेले २०१८ सालबाट रचना द्वेमासिक पत्रिका सञ्चालन गर्दै आएका छन् । दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।  

नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप