एनिमलको सफलतापछि रणवीरले डबल गरे फिस
नयाँ दिल्ली । बलिउड स्टार रणवीर कपुरको लागि २०२३ अभूतपूर्व सफल रह्यो । एनिमलले बक्स अफिसमा रेकर्ड तोड कलेक्सन गर्यो । अफवाहका अनुसार रणबीरले एनिमलको सफलतापछि आफ्नो फिस बढाएका छन् । सञ्चार माध्यममा छापिएको खबरलाई पत्याउने हो भने रणवीरले आफ्नो फिस ३० करोड भारुले बढाएर सिधै ६५ करोड भारुमा पुर्याएका छन् ।
तर यसबारे अभिनेता र उनको टिमले पुष्टि भने गरेको छैन । एनिमलको सफलता पछि रणवीरले कति फिस लिँदै छन् भन्ने कुरा पत्नी आलिया भट्ट र आमा नितु कपुरलाई पनि थाहा नभएको उनी निकटको एक स्रोतले बताएको छ । फिल्मको सफलतापछि बलिउडका कलाकारहरूले आफ्नो फिस बढाउने गरेका छन् ।
खबरका अनुसार शनि देवलले पनि गदर–२ को सफलतापछि आफ्नो फिस बढाएका छन् । फिल्म रिलिज हुनु अघि एउटा फिल्मका लागि ८ करोड मात्रै लिने शनिले अब भने ५० करोड माग्न थालेका छन् । सन् २०२३ मा रणवीरको दुई ओटा फिल्म रिलिज भएको थियो । ‘तु झूठी मे मक्कार’ले २२० करोड भारुको व्यापार गरेको थियो । एनिमलको वर्ल्ड वाइड कलेक्सन ९१५ करोड भारु पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण