एनिमलको सफलतापछि रणवीरले डबल गरे फिस

नयाँ दिल्ली । बलिउड स्टार रणवीर कपुरको लागि २०२३ अभूतपूर्व सफल रह्यो । एनिमलले बक्स अफिसमा रेकर्ड तोड कलेक्सन गर्यो । अफवाहका अनुसार रणबीरले एनिमलको सफलतापछि आफ्नो फिस बढाएका छन् । सञ्चार माध्यममा छापिएको खबरलाई पत्याउने हो भने रणवीरले आफ्नो फिस ३० करोड भारुले बढाएर सिधै ६५ करोड भारुमा पुर्याएका छन् ।
तर यसबारे अभिनेता र उनको टिमले पुष्टि भने गरेको छैन । एनिमलको सफलता पछि रणवीरले कति फिस लिँदै छन् भन्ने कुरा पत्नी आलिया भट्ट र आमा नितु कपुरलाई पनि थाहा नभएको उनी निकटको एक स्रोतले बताएको छ । फिल्मको सफलतापछि बलिउडका कलाकारहरूले आफ्नो फिस बढाउने गरेका छन् ।
खबरका अनुसार शनि देवलले पनि गदर–२ को सफलतापछि आफ्नो फिस बढाएका छन् । फिल्म रिलिज हुनु अघि एउटा फिल्मका लागि ८ करोड मात्रै लिने शनिले अब भने ५० करोड माग्न थालेका छन् । सन् २०२३ मा रणवीरको दुई ओटा फिल्म रिलिज भएको थियो । ‘तु झूठी मे मक्कार’ले २२० करोड भारुको व्यापार गरेको थियो । एनिमलको वर्ल्ड वाइड कलेक्सन ९१५ करोड भारु पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश