मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपत्यकावासीलाई मेलम्चीको पानी वर्षभर उपलब्ध गराउने गरी काम भइरहेको छः मन्त्री यादव

सोमबार, ०१ माघ २०८०, १० : ४२
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्चीको पानी वर्षभर नै सञ्चालन गर्न काम भइरहेको बताएका छन् । 

सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण शुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंवासीलाई वर्षभर पानी उपलब्ध गराउन दोस्रो चरणको याङ्ग्री लार्केको काम अघि बढाउन मन्त्रालयको विज्ञहरुको सल्लाह लिइ राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको बताए । काठमाडौं उपत्यकाको लागि अन्य श्रोतहरुको व्यवस्था गर्नको लागि वैकल्पिक श्रोतहरु सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको अध्ययन भइरहेको उनले बताए । यादवले काठमाडौं उपत्यकाभित्र स्थानीय श्रोतको पहिचान तथा प्रयोग एवं काठमाडौं भित्रको ढुंगेधाराहरुबाट प्रयोग नहुँदा खेर गएको पानीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र अध्ययन भइरहेको स्पष्ट पारे । 

उनले भने, ‘अहिले अस्थायी तरिकाबाट मेलम्चीको पानी वितरण भइरहेको छ । अबको वैकल्पिक उपायको रुपमा प्रत्येक वर्ष मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्बौंको रुपैयाँमा लगानीमा निर्माण भएको मूल्य संरचना, २७ किलोमिटर लम्बाइको सुरुङ ध्वस्त हुन नदिन मनसुनभर बन्द गर्नुपर्ने बाध्यता हो । गत वर्षको तुलनामा यस वर्षको बाढीले सुरुङमा धेरै क्षति पु¥याएको हुँदा मेलम्ची पानी आपूर्तिमा केही विलम्व हुन गएको छ । मेलम्ची खानेपानी आयोजना दीर्घकालीन रुपमा १२ महिना नै सञ्चालन गर्नुपर्ने र दोस्रो चरणको याङ्ग्री लार्केको काम अघि बढाउन मन्त्रालयको विज्ञहरुको सल्लाह लिइ राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको छु । एउटा मात्र श्रोतको भरमा नपर्न काठमाडौं उपत्यकाको लागि अन्य श्रोतहरुको व्यवस्था गर्नको लागि वैकल्पिक श्रोतहरु सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको अध्ययन भइरहेको छ । साथै काठमाडौं उपत्यकाभित्र स्थानीय श्रोतको पहिचान तथा प्रयोग एवं काठमाडौं भित्रको ढुंगेधाराहरुबाट प्रयोग नहुँदाको बखतको खेर गएको पानीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र अध्ययन भइरहेको छ ।’

मन्त्री यादवले प्रत्येक वर्ष मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै मनसुन अवधिभर बन्द गर्नुपर्ने बाध्यता रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप