एरिजोनाको मरुभूमिमा हट एयर बलुन दुर्घटना, चारको मृत्यु
एरिजोना । अमेरिकाको दक्षिणी एरिजोनास्थित मरुभूमिमा हट एयर बलुन खस्दा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना भने गम्भीर घाइते भएको बताइएको छ । यो घटना आइतबारको हो ।
बिहान ७ः५० बजे मरुभूमि क्षेत्रको सनसइन बुलिवार्ड र हैना रोडनजिक एउटा हट एयर बलुन दुर्घटनाग्रस्त भएको भन्दै एलोय प्रहरी विभागले जानकारी दिएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु भएको छ । अहिलेसम्म कारण खुल्न नसकेको बताइएको छ ।
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दिएको प्रारम्भिक सूचनाका अनुसार घटना हट एयर बलुनमा अनिर्दिष्ट गडबडीका कारण भएको थियो । बलुनमा कूल १३ जना सवार थियो । यसमध्ये आठ जना स्काई ड्राइभर, चार यात्री र एकजना पाइलट थिए ।
स्काईड्राइभरहरु दुर्घटना अघि नै बलुनबाट हाम फालिसकेका थिए । एक जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो । बाँकी तीन जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्काईड्राइभरहरु हाम फाल्ने बेलासम्म बेलुनमा केही समस्या थिएन । उनीहरू झरेपछि समस्या आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण