शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

खाजाघरमा जुवातास, ७ जना पक्राउ

सोमबार, ०१ माघ २०८०, १५ : ५५
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । खाजा घरमा बसेर जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मिना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकर समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ हजार ९ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप