शंकर कोइरालाको निर्देशनमा फिल्म ‘मोदिबेनी’ बन्ने
काठमाडौँ । फिल्म ‘मोदिबेनी’ निर्माण घोषणा भएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्म माघे सक्रान्तीको अवसर पारेर घोषणा भएको हो । फिल्मको निर्देशन शंकर कोइरालाले गर्दै छन् ।
दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्म करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइन लागिएको हो । फिल्मले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने निर्माता के.सीले बताए ।
आनन्द विक्रम क्षेत्रीको लेखन रहेको फिल्म माघ महिना भित्र छायांकनमा जानेछ । फिल्ममा पुराना र नयाँ कलाकारको मिश्रण रहनेछ । जसको छनौट कार्य भइरहेका निर्देशक कोइरालाले जानकारी दिए । नयाँ कलाकार भने अडिसन मार्फत छानिनेछन् ।
निर्देशक कोइरालाले विगत २० वर्षदेखि चलचित्र तथा म्युजिक भिडियो सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडियो तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण